तस्बिरमा संविधान दिवस, कार्यक्रममा कसले के भने ?


३ आश्विन २०७५, बुधबार
Constitution Day 2075 nepal
6’Fl8v]ndf ;+ljwfg lbj; ;+ljwfg lbj;sf cj;/df d”n ;df/f]x ;ldltåf/f a’waf/ 6’Fl8v]ndf cfof]lht ;df/f]xdf /fi6«klt ljBfb]jL e08f/L, k|wfgdGqL s]kL zdf{ cf]nL, ;efd’v s[i0faxfb’/ dx/f, k|wfgGofofwLz cf]dk|sfz ld>, /fli6«o;efsf cWoIf u0f]zk|;fb ltdlN;gfnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

तस्बिर : रासस

काठमाडौं, ३ असोज । नेपालको संविधान जारी भएको चौथो वार्षिकोत्सवका अवसरमा आज (बुधबार) काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । कार्यक्रममा मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी भएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२–६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिनका रुपमा संविधान दिवस मनाइँदै आएको छ ।

संविधान दिवसको अवसरमा विभिन्न साँस्कृति झाँकीहरु प्रस्तुत गरिएको छ । नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरेको थियो । सरकारले संविधान दिवसलाई साझा र राष्ट्रिय उत्सवको रुपमा मनाउन सबैलाई आह्वान समेत गरेको थियो ।

संविधान दिवसका दिन आज सम्पूर्ण शैक्षिक संस्थाहरुलाई विदा दिइएको छ । काठमाडौंमा मात्र होइन देशको सबैजसो जिल्लामा संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । दिवसकै उपलक्ष्यमा साँझ जिल्ला–जिल्लामा दिपावली गर्ने कार्यक्रमहरु समेत रहेका छन् ।

काठमाडाै‌ँ , सैनिक मञ्च

समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरे ।

संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल)मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरे ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने्, ‘समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत÷पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ ।

हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ ।’
आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्या्िदत जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै उनले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए । 

सङ्घीय प्रणाली नेपालको नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा यसले पूर्णता पाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने,‘सङ्घीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क÷वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ । नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ ।’

राष्ट्रपति भण्डारीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्ग्िचत्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताइन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले भने, ‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।’ 

सविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरिन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरे । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरेका छन्

प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरे । ‘असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,’ उनले सन्देशमा भनेका छन्,‘त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।’

संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री रार्इ 
प्रदेश नं १ ले विराटनगरको शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा आयोजना गरि संविधान दिवस मनाएका छन् । समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताए ।

उनले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

मूल समारोह समितिको संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील छ भने सो अवसरमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो ।

कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

मुख्यमन्त्री राईले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना यसअघि नै दिएका थिए । सन्देशमा उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधान प्राप्त भएको आजको दिन हर्षोल्लासका साथ मनाउनसमेत आग्रह गरेका थिए ।


हेटौँडामा प्रभातफेरी, मुख्यमन्त्रीको सम्बोधन
संविधान दिवसका अवसरमा प्रदेश नं ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज बृहत् प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । स्थानीय भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी कार्यक्रम हेटौँडा बजारको विभिन्न चोक हुँदै मकवानपुर क्याम्पसमा पुगी सम्पन्न भएको थियो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, मन्त्रालयका सचिव तथा प्रशासनिक प्रमुख, कर्मचारी, राजनीतिक दल, विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, पत्रकार, टोल समितिका पदाधिकारीलगायत नागरिक समाजका अगुवाको प्रभातफेरीमा सहभागिता थियो ।

संविधानको कार्यान्वयन र विशेषतासहित प्लेकार्ड बोकेर विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताए । उनले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहने बताए ।

उनले जनताको जीवनशैली र व्यवहारमा सुधार गरी उनीहरुलाई समाज उत्थानको साथै विकासको पूर्वाधार निर्माणमा आत्मनिर्भर तुल्याउन प्रदेशका लागि आवश्यक ऐन कानून तर्जुमा गर्ने र केही ऐन प्रमाणीकरण गरिसकिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले जनतासँग प्रत्यक्ष सरोकार भएका विकाससँग सम्बन्धित कार्यालयबाट जनतालाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको उल्लेख गरे

संविधानको सफल कार्यान्वयनमा जोड
संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिए ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै वक्ताले यसको भावना र मर्मअनुरुप अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानतः देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको बताउँदै यसको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वकानूनमन्त्री यज्ञबहादुर थापा, पोखरा लेखनाथ महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखेका थिए ।

प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त दिए । संविधान दिवसमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले यस ऐतिहासिक अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

आन्दोलनका क्रममा भएका घाइते र बेपत्ता योद्धाप्रति हार्दिक सम्मान व्यक्त गर्दै उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको सन्देशमा उल्लेख गरे ।

यस्तै प्रदेश ५ का प्रमुख उमाकान्त झाले चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आजको दिनमा जनताले सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भएर समृद्ध प्रदेश सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास व्यक्त गरे ।

शहीदप्रति श्रद्धाञ्जलि र मुलुकप्रति सम्मान भाव प्रकट
नेपालगञ्ज उपमहानगरपालिकाले शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद सुरेन्द्रबहादुर हमालले शहीदले कल्पना गरेको शान्त र समृद्धशाली मुलुक बनाउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने समय आएका बताए ।

समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभारा : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताए । चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरे ।


सन्देशमा भनिएको छ,‘नेपाली जनताको दशकौँदेखिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ जारी भएको थियो । जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पु¥याएको छ ।’

कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानून तथा योजना निर्माणका रूपमा लिएको विचार व्यक्त गर्दै उनले हरेक नागरिकलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्दै संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न हार्दिक अपिल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७