सरकारको सुरक्षा प्रति एमालेको शंका : शेरधन राई आक्रमणको घटनामा गम्भीर आपत्ति


२८ कार्तिक २०७४, मंगलवार
CPN UML office

काठमाडौँ : नेकपा(एमाले)ले भोजपुर क्षेत्र नं. २ का प्रदेश सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री शेरधन राईमाथि मङ्गलवार बिहान भएको आक्रमणको घटना प्रति आपत्ति जनाएको छ । CPN UML office
पार्टीको पोलिटब्यूरो सदस्य तथा प्रदेश नं १ का सहसंयोजक समेत रहेको राई माथिको सांगतिक आक्रमणको अध्यक्ष केपी ओलीले एक विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएको हो । निर्वाचन प्रचारको क्रममा भएको राईको आक्रमण सिङ्गो पार्टी पंक्ति माथि आक्रमण भएको भन्दै सरकारलाई आक्रमणकारीहरु नियन्त्रण गर्न सचेत गराएको छ ।
भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा  बिहान बम प्रहार  गरेकाे थियाे । अाक्रमणबाट चढेको गाडीमा गाडी क्षतिग्रस्त भएको छ भने सुरक्षा गार्ड घाइते भएकाे छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिङ्गो एमाले पंक्तिमाथिको आक्रमणको रूपमा लिएका छौँ, घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ ।’
ओलीले विज्ञप्तिमा सरकार सुरक्षा प्रति शङ्का व्यक्त गरेका छन् । ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।
उनले यस खालको घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ ।यसअघि माओवादीका उम्मेदवार जनादर्शन शर्मा र बर्षमान पुनमाथि विप्लवको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए। तर राईमाथि कसले आक्रमण गरेको हो भन्ने पुष्टि नभएपनि विप्लवकै नेकपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७