प्रजातन्त्रका सेनानी साउदेनको निधन


२३ मंसिर २०७५, आईतवार
death मृत्यु
फाइल तस्बिर

इलाम, २३ मंसिर । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन भएको छ ।

death मृत्यु
फाइल तस्बिर

लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी इलाम जिल्लाका पूर्व उपसभापति समेत रहेका साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पूर्व गाविस अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति साउदेनलाई नेपाली कांग्रेसले शनिबार उनकै घरमा सम्मान गरेको थियो । १९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा सक्रिय रहेपछि पछिल्लो समय विरामीले थलिएर घरैमा विश्राम लिइरहेका थिए ।

इलामको विकासका निम्ति योगदान दिएका साउदेनको निधनले इलामबासी दुःखी भएका छन् ।
२०४९ सालमा जिल्ला उपसभापति भएका साउदेन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुलुबुङ गाविसका अध्यक्ष भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७