अप्ठ्यारोमा एनसेल, पाँच लगानीकर्ता थप्नै पर्ने वाध्यता


४ माघ २०७५, शुक्रबार
01330Ncell logo1

काठमाडौं, ४ माघ । अधिकांश नेपाली नागरिकले प्रयोग गर्दै आएका दूरसञ्चार प्रदायक कम्पनी एनसेल आफै अप्ठ्यारोमा परेको छ ।

01330Ncell logo1

बार्षिक अरबौं नाफा कमाउँदै आएको एनसेलमा आगामी ३ महिनाभित्रै ५ जना नयाँ लगानीकर्ता थप्नै पर्ने बाध्यता आई लागेको छ । कम्पनी ऐनको बाध्यात्मक कानुनी व्यवस्था अनुसार २०७६ बैशाखभित्रै एनसेलमा ५ जना लगानीकर्ता थप्नै पर्ने बाध्यतामा पुगेको हो ।

कम्पनी ऐनको दफा १२ मा ५ करोड भन्दा बढि चुक्ता पुँजी रहेका दूर सञ्चार सेवा प्रदायक कम्पनीहरु २ बर्षभित्रै पब्लिक भइसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार अबको ३ महिनाभित्रै एनसेल प्राली पनि पब्लिक कम्पनीमा रुपान्तरण भइसक्नु पर्नेछ । कम्पनी ऐनको दफा ३ (२) मा पब्लिक कम्पनी हुनका लागि न्युनतम ७ जना संस्थापक आवश्यक पर्ने व्यवस्था छ ।

एनसेलमा हाल मलेसियन कम्पनी एक्जियटाको ८० प्रतिशत र नेपाली लगानीकर्ता सतिश आचार्यको २० प्रतिशत लगानी रहेको छ । त्यसकारण अबको ३ महिनामा एनसेलले ५ जना नयाँ लगानीकर्ता थपेर पब्लिक लिमिटेड हुनुपर्नेछ ।

कम्पनी रजिष्ट्रारको कार्यालयका उप रजिष्ट्रार महेशराज तिमल्सिनाले एनसेलसहित पाँच करोेड भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरु ३ महिनाभित्रै पब्लिक कम्पनीमा रुपान्तरण भैसक्नुपर्ने स्पष्ट पारे । ‘अब ३ महिना बाँकी छ, प्रक्रिया पुर्याउँदै होलान, आउँछन भन्ने अपेक्षा छ, आएनन भने कानुन अनुसार गरौँला’, उपरजिष्ट्रार तिमल्सिनाले सुनाए ।

एनसेल प्राली, स्मार्ट सेल, नेपाल स्याटेलाइट, क्लासिक टेक, ब्रोडलिंक प्राली, सुबिसु, वल्र्ड लिंक र युटिएलको पुँजी ५ करोड भन्दा बढी रहेको छ । नेपाल दुर सञ्चार प्राधिकरण लाइसेन्स विभागका प्रमुख झलक थापाले भदौ महिनामा ५ करोड भन्दा बढी पुँजी भएका कम्पनीसँग पब्लिक बनाउनेबारेको प्रगति विवरण मागेको बताए ।

‘हामीले भदौंमै प्रगति विवरण मागेका थियौं, अझै पठाएका छैनन््, सञ्चालक समिति बसेर निर्णय गराएर आउँछौं चैँ भनेका छन्, तर विवरण पठाएका छैनन्’, थापाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७