श्रेया राईको पहिलो गीत सार्वजनिक


१८ माघ २०७५, शुक्रबार
sherya rai 1

काठमाडौं, १८ माघ । रियालिटी सो ‘द भोइस अफ नेपाल’मा चर्चामा आएकी श्रेया राईको पहिलो गीत सार्वजनिक भएको छ । पूर्वेली लोक लयमा आधारित ‘एक्ले बर’ बोलको उनको स्वरको गीत सार्वजनिक भएको हो ।

उनले गीत सार्वजनिकपछि धनकुटा आसपास र पूर्वी भेगमा गाइने गीत गाउन पाउदा आफुलाई खुशी लागेको बताएकी छिन् । उनी ‘द भोइस अफ नेपाल’मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् ।

गीतको शब्द र संगित डि आर अटुको रहेको छ । भने एरेन्ज राजु कार्कीले गरेका छन ।
गीतमा पूर्वेली सभ्यता र संस्कार समेटिएको संगितकार अटुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७