सशस्त्रका डिआइजीको सरुवा त्रुटिपूर्ण, गृहमन्त्री र गृहसचिवलाई नै झुक्याइयो


२४ बैशाख २०७५, सोमबार
sasatra

काठमाडौं, २४ बैसाख । सशस्त्र प्रहरी बलले आइतबार राति गरेको ८ डिआईजीको सरुवा त्रुटिपूर्ण भेटिएको छ । गृह मन्त्रालयले गरेको मन्त्रिस्तरीय सरुवा त्रुटिपूर्ण रहेको खुलासा भएको छ । sasatra

डिआइजीको सरुवामा गृहमन्त्री र गृहसचिवलाई पनि झुक्काउने काम भएको सशस्त्र प्रहरीका जानकार बताउँछन् । आइतबार साँझ गृह मन्त्रालयले गरेको सरुवामा डिआइजी सुरजकुमार श्रेष्ठ महानिरीक्षकको सचिवालयमा, बाबुराम पाण्डे मद्दती सेवा निर्देशनालयमा, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा, बसन्तकुमार बाँनिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पूर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा गरेको छ ।

त्यस्तै डिआइजी चिरञ्जीवि अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा, नगेन्द्र थापा सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सिफारिसमा गृह मन्त्रालयले गरेको सरुवा त्रुटिपूर्ण देखिएको सशस्त्र स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको प्रवक्ता समेत रहेका डिआइजी बाबुराम पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरिएको छ । जबकी सशस्त्रमा उक्त निर्देशनालयमा डिआइजीको दरबन्दी नै छैन् । सशस्त्रमा उक्त निर्देशनालयको प्रमुख एसएसपी रहने व्यवस्था छ । यसअघि डिआइजी खडानन्द चौधरीलाई उक्त निर्देशनालयमा खटाइएको थियो । हाल उनी एआइजीमा बढुवा भइसकेका छन् । डिआइजी पाण्डेलाई बढुवा खाली भन्दै उनलाई उक्त निर्देशनालयको प्रमुख बनाइए पनि उनको सरुवा भने नियमले अवैधानिक देखिने स्रोतले जनाएको छ ।

सशस्त्रमा हाल सीमा विभागमा दुई जना डिआइजी र कार्य विभागमा एक जना डिआइजीको दरबन्दी खाली हुँदाहुँदै पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि सशस्त्रमा चर्चाको विषय बनेको छ । ‘विभागमा दरबन्दी खाली हुँदाहँुंदै दरबन्दी नै नभएको ठाउँमा सरुवा सिफारिस गर्नु नेतृत्वको कमजोरी देखिएको एक सशस्त्रका जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७