बजेट मङ्गलबार ल्याइने


१३ जेष्ठ २०७५, आईतवार
budget

काठमाडौं १३ जेठ । संघीय संसद् ‘प्रतिनिधिसभा र राष्ट्रियसभा’को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/०७६ को राजश्व र व्ययको अनुमान बजेट पेश हुने भएको छ ।

budget
फाइल तस्बिर

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट पेश गर्ने छन् ।

नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई मूर्तरुप दिने खालका योजना र कार्यक्रम बजेटमा आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७