प्रहरी प्रधान कार्यालयबाट लखेटिए, अपराध र परिसरका रैथानेहरु यथावत


४ असार २०७५, सोमबार
police 2

काठमाडौं, ४ असार । लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा कार्यरत रैथाने कनिष्ट प्रहरी अधिकृतलाई सरुवा गरी आइजीपी सर्वेन्द्र खनालले सुधार सुरु गरेका छन् । भीआइपीसँग बर्सौ रहँदै आएका प्रहरी नायब निरीक्षक १ सय ८१ जनासमेत प्रहरी प्रधान कार्यालयमा कार्यरत ११ सय २० जनाको एकै पटक सरुवा गरी शुद्धिकरणको सुरुवात गरेका छन् । आइजीपी खनालले सधैं भीआइपीसँग रहेर प्रहरी प्रमुखलाई दबाब दिन पोख्त रहेका सईहरु समेत सरुवा गरी साहसिक कामको सुरुवात गरेका छन् ।

police 2

प्रहरी प्रधान कार्यालयमा नेताहरुको सोर्सफोर्समा ५ देखि २० बर्षसम्म कार्यरत कनिष्ट अधिकृतको सरुवा गरे पनि अपराध महाशाखा र काठमाडौं परिसरमा १० बर्षदेखि कार्यरत बदनाम सईहरुतिर आइजीपी खनालको ध्यान पुग्न नसकेको गुनासो छ । प्रहरी प्रधान कार्यालयमा बस्नेहरुलाई बाहिर पठाए पनि घुमिफिरी काठमाडौंका सीआइबी, परिसर र अपराध महाशाखामा बस्ने केही बदनाम सईहरुलाई अहिले पनि चलाइएको छैन ।

सुनकाण्डमा मुछिएका तर उन्मुक्ति पाएका सई गजेन्द्र रावल अपराध अनुसन्धान महाशाखामा १० बर्षदेखि कार्यरत छन् । उनको हुन्डी, डलर, सुन तस्करी जस्ता गैरकानुनी कारोबार गर्नेहरुसँग बाक्लो उठबस छ । अर्का सई दीपेश कौशिक पनि शक्तिकेन्द्र रिझाएर अपराध महाशाखामा ६ बर्षदेखि कार्यरत छन् । उनी जागिर खाएदेखि नै अपराध महाशाखा र काठमाडौं परिसरमा डुल्दै कमाउधन्दामा लिप्त छन् । काठमाडौं परिसर र अपराध बसेको उनको अभिलेख हेर्ने हो भने १० बर्षदेखि कार्यरत छन् ।
त्यस्तै यस्तै काठमाडौं नछाड्ने अर्का सई हुन्, सीआइबीका रमेश बजगाई । उनी पनि घुमिफिरी रुम्जाटार भनेजस्तै कहिल्यै काठमाडौं नछाड्नेमा पर्दछन् । प्रहरी प्रधान कार्यालयका प्रशासन विभाग र कर्मचारी प्रशासन शाखाका हाकिमहरुलाई प्रभावमा पारी उनीहरु जागिरमा प्रवेश गरेदेखि नै काठमाडौंमा कार्यरत छन् त्यो पनि कमाउ मानिने परिसर, अपराध र सीआइबीमा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७