डा.केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति


३२ असार २०७५, सोमबार
dr kc kabad hallma aanshan 0172018033230

काठमाडौं, असार ३१ : चिकित्सा शिक्षामा सुधारको माग गर्दै १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।

शिक्षा सचिवको संयोजकत्वमा बनाइएको समितिमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य छन्।

dr kc kabad hallma aanshan 0172018033230

१७ दिनदेखि जुम्लामा अनसनरत डा केसीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ। सेप्सिसको उच्च जोखिममा रहदै आएका डा केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ। बैठकपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले वार्ता समिति बनाइएको बताए । ‘बहुचर्चित अनसनमा वार्ता टोली गठन छ’, बास्कोटाले भने, ‘शिक्षा सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव र स्वास्थ मन्त्रालयका सह सचिव सदस्य रहनु भएको छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७