सशस्त्रका आइजीपीको महाराजा शैली


१९ कार्तिक २०७५, सोमबार
igp sailendra khanal

काठमाडौं, १९ कात्तिक । सशस्त्र प्रहरी बलका प्रमुख आइजीपी शैलेन्द्र खनालमा बडो अनौठो सोख देखिएको छ । उनले संगठन प्रमुख भएपछि आफ्नो सुरक्षा घेरा राजतन्त्रकालीन राजा महाराजाको भन्दा पनि भड्किलो बनाएका छन् ।


नेपाली सेनाका सेनापति, नेपाल प्रहरीका आइजीपी, गृहमन्त्री र गृहसचिवलाई पनि आइजीपी खनालको जस्तो सुरक्षा घेरा छैन । तर उनले आफ्नो सुरक्षा घेरा राजशी शैलीको राखेको टिप्पणी हुने गरेको छ । पहिलो घेरामा आइजीपी कार्यालयअघि हतियारसहित १ सेक्सन राखिएको छ ।

आइजीपी कार्यकक्षको मूलढोकामा हतियारसहित २ जना तैनाथ गरेका छन् । त्यसभित्र ‘वाक थु्र गेट’ छ । वाक थु्र गेटभित्र सेन्सर गेट छ । त्यसपछि गाडीमा अगुवा र पछुवा समेत राखेर उनी राजाको सवारी चलाउने जस्तो गरी हिडडुल गर्दैआएका छन् । यसअगाडि यस्तो भड्किलो सुरक्षा घेरा कुनै पनि संगठन प्रमुखले लिने नगरेको सशस्त्र स्रोत बताउँछ ।

आइजीपी शैलेन्द्र खनालले यस्तो सुरक्षा घेरा राख्नुपर्ने खालको सुरक्षा थे्रट पनि अहिले देखिंदैन । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले पछुवा गाडी नै लिन इन्कार गरेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ । उनीभन्दा बढी थ्रेट सचिव राईलाई हुनुपर्ने हो । तर उनले भड्किलो सुविधा लिनु नहुने मान्यताका साथ इन्कार गर्दैआएका छन् । तर आइजीपी खनालले २०६३ अघिको श्री ५ कै जस्तो सुरक्षा घेरा राखेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदच्यूत भएका लोकमानसिंह कार्कीमा पनि शैलेन्द्र खनालकै जस्तो सोख थियो । उनी पनि ४४ महिनासम्म अगुवा पछुवा गाडीमा सुरक्षाकर्मीको दुरुपयोग गरी आफूलाई राजा महाराजाकै अवतार भएको डंका पिट्दै हिंड्ने गरेका थिए ।

आइजीपी शैलेन्द्र खनालले सुरक्षा घेरामात्र भड्किलो होइन, ८ वटा सवारीसाधन दुरुपयोग गर्दैआएका छन् । जसमध्ये एउटा गाडी उनकी श्रीमतीले निजी काममा प्रयोग गर्न छुट पाएकी छन् ।

अरु गाडी उनले आफूलाई डीआइजीमा पहिलो नम्बरमा बढुवा गर्ने नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार, अमरेशकुमार सिंहदेखि अरु नेताहरुको चाकरीका लागि तेल र चालकसहित दिने गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७