म्यानचेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा
काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा पुगेको छ । मंगलबार राति भएको पाँचौं चरणको खेलमा पिटरबरो युनाइटेडलाई हराउँदै सिटीले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
मंगलबारको खेलमा सिटीलाई २-० गोल अन्तरको जित दिलाउने क्रममा रियाद महरेज र ज्याक ग्रेलिसले १/१ गोल गरेका थिए । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा सिटीको तर्फबाट २ गोल भएको हो ।
विपक्षी टोलीले भने कुनै गोल गर्न सकेन । आगामी बिहीबार हुने खेलले क्वार्टर फाइनलको लागि सिटीको प्रतिस्पर्धी टोलीको टुङ्गो लगाउने छ ।