विश्वकप क्रिकेट सुरु, दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध बलिङ गर्दै


१६ जेष्ठ २०७६, बिहीबार
england vs south africa

काठमाडौं, १६ जेठ (एजेन्सी) । एकदिवसिय विश्वकप क्रिकेट आजदेखि इग्ल्याण्डमा सुरु भएको छ । इंग्ल्याण्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपको १२ औं संस्करण इग्ल्याण्डको लण्डनमा सुरु भएको हो ।

उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर दक्षिण अफिकाले पहिला बलिङ गरिरहेको छ । विश्वकपमा दुवै देशले हालसम्म उपाधि जित्न सकेका छैन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा नै तय गर्न सकेको छैन ।

इङ्ल्यान्डलाई क्रिकेटको जननीका रूपमा लिइन्छ । उपाधिको प्रमुख दावेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड सुखद सुरुवात गर्न चाहन्छ । तर, इङ्ल्यान्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन ।

englang vs south africa

पहिलो पटक विश्वकप फाईनलमा पुग्ने लक्ष्य राखेको दक्षिण अफ्रिका पनि घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै आफु पनि अब्बल रहेको प्रमाणित गर्न चाहान्छ । हेड टु हेडमा दक्षिण अफ्रिका अघि छ । हालसम्म यी दुई देशबीच ५९ खेल भएको छ । जसमा अफ्रिका २९ खेलमा विजयी हुँदा २६ खेलमा पराजित भएको छ । १ खेल टाई हुँदा ३ खेलको नतिजाविहिन छ । यस पटक भने तुलनात्मक रुपमा दक्षिण अफ्रिका भन्दा इंग्ल्यान्ड बलियो देखिन्छ ।

दक्षिण अफ्रिका प्लेइङ ११
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, लुन्गी निडी, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, इमरान ताहिर, रस्सि भान डर दुसेन ।

इंग्ल्यान्डको प्लेइङ ११
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, जोफ्रा आर्चर, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, क्रिस वोक्स, मार्क वुड ।


आजदेखि सुरु जुलाई १४ तारिखसम्म प्रतियोगित चल्नेछ । प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, भारत, इङ्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानको सहभागिता रहेको छ । 

याे पनि पढ्नुहाेस्
कुन देशले कहिले खेल्दै ? (खेलतालिकासहित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७