सिद्धार्थ बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकइन्स्योरेन्स


२१ जेष्ठ २०७६, मंगलवार
SBL and Sanima Life Insurance

काठमाडौं, २१ जेठ । सिद्धार्थ बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकइन्स्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक श्री अर्जुन भद्र खनाल र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट महाप्रबंधक शिवराम तिमिल्सिनाबीच सम्झौता भएको हो ।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम र १,३०० भन्दा बढी पोओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७