विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिदै


२५ मंसिर २०७४, सोमबार
virushka 2

मुम्बर्इ: भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र चर्चित अभिनेत्री अनुष्का शर्मा यही डिसेम्बरमा विवाह बन्धनमा बाँधिने खबर छ । विराटको दिल्लीमा रहेको घर र अनुष्काको मुम्बइमा रहेको घरमा विवाहको तयारी सुरु भइसकेको चर्चित भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ ।

virushka 2

दुवै घरमा निकै चहलपहल भएको समाचारमा जनाइएको छ । हालै अनुष्काले फेशन डिजाइनर सब्यसाचीसँग भेटेर बिहेको तयारीबारे कुरा गरेको हुन सक्ने बताइएको छ ।
सब्यसाची आफ्नो टिमसँग अनुष्काको घर गएका थिए । उनले त्यहाँ निकै समय बिताएका थिए । अनुष्काको लागि बिहेको ड्रेस सब्यसाचीले नै डिजाइन गर्ने बताइएको छ । उता भारतीय क्रिकेट बोर्ड बिसिसिआइ सूत्रका अनुसार विराडले डिसेम्बर महिनाका लागि ब्रेक मागेका छन् । तर उनले यसको कारण भने खुलाएका छैनन् ।

उता अनुष्काले अहिले आफूले गरिरहेको आनन्द एल रोयको फिल्मको सुट्रि छिटो सक्न हतारिएकी छिन् । यो फिल्मका अर्का स्टार शाहरुख खानले पनि धेरै समय दिएर सुटिङ चाडैं सक्न अनुष्कालाई सघाइरहेका छन् ।
बिहेपछि उनीहरु मुम्बइको वरली क्षेत्रमा बस्ने बताइएको छ । त्यहाँ उनीहरुले ३४ करोडको एक फ्ल्याट किनेको जानकारी प्राप्त भएको छ । यस विषयमा विराट वा अनुष्काले आधिकारिक रुपमा भने केही भनेका छैनन् । तर, सबै तयारी र दुवैजनाले डिसेम्बरमा ब्रेक लिनुले बिहेकै तयारी गरिरहेको सूत्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७