‘मारुनी’ को पहिलो गीतमा पुष्पलाई तारिफ


५ असार २०७६, बिहीबार
maruni

काठमाडौं, ५ असार । केही दिन अगाडि मात्र चलचित्र ‘मारुनी’ को पहिलो गीत सार्वजनिक भयो । दीपक बज्रचार्यको स्वर तथा संगीतमा रहेको गीत ‘जाम न माया जाम’ मा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् ।

गीतको भिडियो सार्वजनिक भएपछि नायक पुष्प खड्काको प्रशंसा भइरहेको छ । धेरैले पुष्पको नृत्यको तारिफ गरेका छन् । यो गीतले चलचित्रको व्यापारमा असर गर्ने अपेक्षा गरिएको छ ।
कतिपय दर्शकले भने पुष्पलाई पुराना नायक श्रीकृष्ण श्रेष्ठ र दिलिप रायमाझीसँग तुलना गरेका छन् । पुष्पले सो स्थान लिन सक्ने आशा दर्शकको छ ।

नायक पुष्प खड्काले पनि दर्शकले दिएको प्रतिक्रियाबाट आफू उत्साहित रहेको सुनाएका थिए । आफूहरुले गरेको मिहिनेत अनुसार दर्शकको माया पाएको भन्दै उनले खुशी व्यक्त गरे । उनले, दर्शकको प्रतिक्रियाबाट आफूलाई काम गर्न अझै हौसला मिलेको सुनाए । उक्त भिडियोलाई प्रविण सिंहले नृत्य निर्देशन गरेका हुन ।

भदौ १३ गतेबाट रिलिज हुने यस चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङको पनि मुख्य भूमिकामा छिन् । नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा पूनम गौतमको लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७