कङ्गना र सञ्चारकर्मीबीच भनाभन


२३ असार २०७६, सोमबार
Kangana Ranaut 1

काठमाडौं, २३ असार । बलिउडकी भर्साटायल अभिनेत्री कङ्गना रनावत तथा अभिनेता राजकुमार राव अभिनीत चलचित्र ‘जजमेन्टल हे क्या’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।
ट्रेलर रिलिजसँगै यी दुईको अभिनयको चर्चा बलिउडमा राम्रै चलिरहेको छ ।

यसैबीच चलचित्रको पहिलो गीत ‘द वखरा सङ’ रिलिज कार्यक्रममा कङ्गनाको सञ्चारकर्मीसँग भनाभन परेको छ । ‘मर्णिकर्णिका’ को नकारात्मक समीक्षा गरेको र आफूबिरुद्ध अभियान चलाएको आरोप कङ्गनाले सञ्चारकर्मीलाई लगाएकी थिइन् । साथमा पत्रकारले पनि आफूले गलत नलेखेको र सही कुरा लेख्नु कसैको विपरीत जानु होइन भनी जवाफ दिएका थिए । यति मात्र होइन पत्रकारले आफूलाई बारम्बार म्यासेज गरेको पनि कङ्गनाले बताइन् ।

यिनै कुराको भनाभनले उक्त कार्यक्रममा विवादमय वातावरण सिर्जना भएको थियो । विवाद बढ्दै गएपछि निर्माता एकता कपुर र नायक राजकुमार रावले दुबैलाई शान्त बनाउने कोशिस गरेका थिए । तर बहस केहीबेर चलिनै रह्यो । वातावरण केही शान्त भएपछि भने २६ जुलाईदेखि रिलिज हुने तयारीमा रहेको चलचित्रको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७