सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त


१३ भाद्र २०७६, शुक्रबार
1567155020hasana sharma

काठमाडौं, १३ भदौ । सिद्धार्थ बैंकको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।


शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरेको अनुभव छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८० एटिएम र १,५०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७