२०७६ असोज ७ गते मंगलबारको तपाईको राशिफल


७ आश्विन २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसँग भेट रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण अवसर गुम्न सक्ने छ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हात पार्न नसकिएला । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम वा रोजगारको अवसर मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । मुद्दा मामिलामा सफलता पाइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नजिकको व्यक्तिबाट सहयोग मिल्ने छ । अरुको मन जित्न सकिने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउँला । पैसा फस्न सक्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका अधुरा कार्यहरु पूरा हुनेछन् । महिला वर्गबाट सहयोग मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार, व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । गरेको कार्यमा सफलता पाइने छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साथीभाइसँग रमाइलो भेटघाट हुनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउने छ । आकस्मिक धनलाभ होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७