भ्रमण वर्षलाई सहयोग गर्ने अन्तराष्ट्रिय एयरलाइन्सहरुको प्रतिबद्धता


२५ मंसिर २०७६, बुधबार
tourism minister meeting with BARNs team 1

काठमाडौं, २४ मंसिर : विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगी रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको उनीहरुको प्रतिबद्धता छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा मन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का पदाधिकारी सहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको हो ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको बिषयमा जानकारी दिदै विदेशी एयरलाइन्सहरूले गर्नुपर्ने सहयोग र सरकारको अपेक्षा बारेमा धारणा राखे । मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुलाई भम्रण वर्षको बिशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरे । नेपाल आउने पर्यटकरुको निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे ।

उनले मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२०सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रर्दशनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्ष–२०२०को बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखीदिन आग्रह गरे ।

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ्ग पाश, लगेजको स्टीकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२०को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरूले उठाएका प्राबिधिक, व्यबस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको समेत बताए ।

उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०लाई आधार वर्ष अर्थात् पर्यटन नेपालीहरुको मनोविज्ञान तयार गर्ने बर्ष र आगमी एक दसकलाई पर्यटन दसकको रुपमा मनाउने बताए ।

tourism minister meeting with BARNs team 3

बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का अध्यक्ष टंकनीधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगीरहेका व्यबस्थापकीय, प्राबिधिक र नीतिगत समस्याहरु समेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए । बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रीत गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सलाई समस्या हुने कुनै नीतिगत समस्या भए समधानको लाग मन्त्रालय तयार भएको बताए । कार्यक्रममा पर्यटन बोर्डका सीइओ दिपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२०को तयारी बिषयमा जानकारी दिएका थिए ।

पछिल्लो एक साता यता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफललाई तिब्र बनाएका छन् । मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफलको आयोजना गरेका थिए ।

यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गरे । यसैगरी मन्त्री भट्टराईले २३ मंसिर २०७६ मा नेपालका वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरुसँग छलफलमा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७