रिजु भट्टराईलाई मिस पूर्वाञ्चलको ताज, एन्जल राई भइन् फस्ट रनर अप


७ पुष २०७६, सोमबार
Miss purbaanchal 2019 54 scaled

धरान, ७ पुष । मिस पूर्वाञ्चल २०१९ को ताज रिजु भट्टराईले पहिरिन्न सफल भएकी छिन् । शनिबार धरान सभागृहमा सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चलको १० औँ संस्करणको ताज १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दे ताज पहिरिएकी हुन् ।


मोरङ पथरी शनिस्चरेका रिजुले ताजसँगै रु दुइ लाख रुपैयाँ, हंगकंग टुर अवसर पाएकी छिन् । यसैगरी उनलाई पर्यटकीय स्थल भेडेटारको नया भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरिएको थियो । उनले वाईवाई मिस पर्सनालिटीको सब–टाइटल समेत जितिन् । उनी मिस पथरी शनिस्चरे २०१९ कि बिजेता समेत हुन् ।

उनी टप १२ हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ? भनेर प्रश्न सोधिएको थियो । उनले ‘भागवत गिताका अनुसार तपाईँले आफ्नो धर्म र कर्तब्य निर्बाह गर्नु सधैँ उत्तम हुन्छ । यो ब्रह्माण्डमा सबैको आफ्नो धर्म र कर्तब्य हुने गर्दछ । मेरो बिचारमा नेपाल भ्रमण बर्ष २०२०लाई सफल पार्न सबभन्दा महत्वपुर्ण कुरा भनेको आफुलाई सुधार्नु हो । हामी हिमाल पहाड वा तराइ जहाँको भए पनि पर्यटनलाई प्रबर्धन गर्न आआफ्नो कर्तब्य पालन गर्न भुल्नु हुँदैन । मलाई विश्वास छ परिवर्तन भन्ने कुरा आफैँ भित्रबाट आउने गर्दछ । तसर्थ हामी फुटेर होइन एकजुट भएर बलियो भएर अघि बढ्नुपर्दछ ।’ भन्ने उत्तर दिएका थिए ।


एन्जल राईलाई फस्ट रनर अप
फस्र्ट रनरअप एन्जल राई भइन् । खोटाङकी राईले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । उनले नेपालआईस मिस मल्टीमेडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटल समेत जित्न सफल भईन ।

उनलाई २०१८ कि फस्र्ट रनर अप अनिला क्षेत्रीले ताज लगाईदिएकी थिईन् । उनलाई भेडेटार एडभेन्चरको निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । उनी मिस राई २०१८ समेत हुन् ।

यसैगरी सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भईन् । उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए । २०१८ कि तपस्या रनापहेलीले ताज लगाई दिएकी थिइन् । उनले सब्सरा मिस इन्टलेक्चुअलको सब टाइटल समेत जित्न सफल भईन ।


त्यस्तै धनकुटाकी रेश्मा राईले बराह मिस पब्लिक चोइस र फेस अफ डिभाइनको सब टाइटल समेत जितिन् । पेप्सी मिस ट्यालेन्टको उपाधि धरानकी अनुपम बस्नेतले, गोर्खा डिपार्टमेन्ट मिस बेस्ट कम्प्लेसनको उपाधि इटहराकि बिपना तामाङ, मिलान्ज बेस्ट वाकको उपाधि सुष्मिता बराईली र मिस फ्रेन्डशिप धरानकी स्वेता पोख्रेलले जित्न सफल भईन् । सम्पूर्ण टाइटल बिजेताले १५ हजार पुरस्कार पाएका थिए ।


नेपाल आइस मिस पुर्वान्चल २०१९ को निर्णायकहरुमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ, नायिका मेरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला , ओम शान्ति कम्पनिका अध्यक्ष गंगाराज राई, बराह ग्रुपका कार्यबाहक प्रमुख गंगा कालिकोटे, मिस पुर्वान्चल २०१६ कृतिका गिरि, संचारकर्मी सुरेश राई र पत्रकार तथा कबि गोपाल देवान रहेका थिए ।

सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न नेपाल आईस मिस पूर्वाञ्चलको दसौ संस्करणमा मिलान्ज फेशन इटहरी , लेडिजडे बुटिक,धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभुषा तथा एमी मेकअप स्टुडियोको मेकप्मा सजिएका २० जना प्रतिस्प्रधीहरु प्रियारानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए ।

२०१० देखि २०१८ सम्मका बिजेता उप-बिजेताहरुले समेत र्याम्पमा ओर्लिएको कार्यक्रममा नायिका मेरुना मगर, फेशन पत्रकार, कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वल्र्ड २०१९को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गरेको थियो भने कार्यक्रम संचालन नेमिता आङ्गबुहाङ्ग र इक्सा मादेनले गरेका थिए ।

सिजी बु्रअरीको मुख्य प्रायोजन, बराह गु्रपको प्रस्तुती र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह–प्रायोजन र पुर्वाञ्चल लुब्रिकेन्ट्सको प्रयोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७