बैंक अफ काठमाण्डूको ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुपमा १० प्रतिशत छुट


२० माघ २०७६, सोमबार
IMG 0772

काठमाडौं, २० माघ । बैंक अफ काठमाण्डूको ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुपअफ हस्पिटालिटी प्रालि. मा १० प्रतिशत छुट गर्ने सम्झौता भएको छ ।

बैंक अफ काठमाण्डू ग्राहकलाई सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रालि. को सिमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत को छुट उपलब्ध गराउने भएको छ ।

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका ब्यापार विभागका निर्देशक श्री प्रभाकर खडकाले सोमबार एक कार्यक्रम बिच हस्ताक्षर गरेको हो । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रालिको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७