२०७७ बैसाख २८ गते आइतबारको तपाईको राशिफल


२८ बैशाख २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्य विग्रन सक्छ, सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेमीको सहयोग पाइने छ । नजिकको आफन्त र मित्रसँग प्रविधिमार्फत भेटघाट हुनेछ । साथै सफल नयाँ योजन पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मन भावुक र उत्ताउलो बन्ने छ । अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट गरेको कार्यमा वाधा आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वइच्छाको भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएका र अधूरा कार्य पुनः शुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यहरू विस्तारै सहज हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा विशेष सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा विशेष बढ्ने र सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७