अब मापदण्ड विपरीतका क्रसर उद्योगलाई कार्वाही हुन्छ : मन्त्री पण्डित


९ फाल्गुन २०७४, बुधबार
Lalbabu Pandit1

काठमाण्डौ, ९ फागुन : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले क्रसर उद्योगहरुले मापदण्ड मिच्ने काम गरिरहेको सर्वसाधरणबाट गुनासो आएको बताएका छन् ।Lalbabu Pandit1

उनले अब सरकारले देशभरका क्रसर उद्योगहरुको अध्ययन् र अनुगमन गरी मापदण्ड विपरीत चलेको भेटिए आवश्यक कार्वाही गरिने बताएका छन् । मन्त्री पण्डितले पूराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकूल असर पारेको पाइए अनुसन्धान गरेर अनुमति खारेज गरिने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय नयाँ क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन् । उनले क्रसर उद्योगका कारण स्थानीय वातावरण बिग्रन नहुने र सर्वसाधरणको जीवनयापनमा समस्या आउन नहुने बताउँदै तत्कालका लागि नयाँ उद्योगलाई अनुमति नदिइने बताएका हुन् । मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने, ‘क्रसर उद्योगहरुको वर्तमान अवस्था अध्ययन, विश्लेषण नभएसम्म नयाँ क्रसर उद्योगलाई अनुमति नदिने निर्णय भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७