महजोडीलाई ‘महामुर्ख’ सम्मान


१६ चैत्र २०७७, सोमबार
mahamurkh

जनकपुरधाम, १६ चैत । यो वर्षको महामुर्ख उपाधि बरिष्ठ कलाकार मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो ।

हरेक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान गरिने भए पनि यस वर्ष मह जोडीलाई उपाधि दिइएको हो ।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले कला क्षेत्रमा दर्जनौ उपाधि पाए पनि महामुर्खको उपाधि भने ऐतिहासिक रहेको बताए । हरिबंश आचार्यले भने हसाँउने कामलाई निरन्तरता दिने आफू मुर्ख रहेको बताए । पटमुर्खको उपाधि भने प्रदेश–२ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७