आईपीएल : मुम्बईले चेन्नईलाई चार विकेटले हरायो


१९ बैशाख २०७८, आईतवार
ipl cricket uUra4SYbfv

काठमाडौं, १९ बैसाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई चार विकेटले हराएको छ ।

दिल्लीमा शनिबार राति भएको खेलमा चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । मुम्बईका केइरोन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुनाल पाण्डेय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डेयले १६ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

उसका लागि रायडुले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले भने अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए । जितसँगै मुम्बईले ७ खेलमा ८ अङ्क जोडेको छ । मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै चेन्नईले ७ खेलमा १० अङ्क जोडेको छ भने शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७