अर्थमन्त्री पौडेलको दावी : लगानीकर्ताले सरकारलाई विश्वास गर्दा शेयर बजार बढ्यो


२५ जेष्ठ २०७८, मंगलवार
Bishnu poudel

काठमाडौं, २५ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई लगानीकर्ताले विश्वास गरेकै कारण शेयर बजारमा आकर्षण बढेको दावी गरेका छन् ।

आज (मंगलबार) नेपाल धितोपत्र बोर्डको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बढेको पुँजी बजारलाई लगानीकर्ताको विश्वासको रुपमा अर्थ्याए ।

उनले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानको तारिफ गर्दै बोर्डलाई बलियो नियामक निकायको रुपमा अगाडि बढाएको बताए । यस्तै, बजेटमा उल्लेख भएको वस्तु विनिमय बजारको सञ्चालनको लागि समयमै कदम चाल्न समेत उनले आग्रह गरे ।

उनले बजेटले पुँजीबजाको विस्तारको लागि लगानीको क्षेत्र विस्तार गर्नुपर्ने बताए । त्यसको लागि बजेटले केही व्यवस्था पनि गरेको उनको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७