भिजि अटोमोवाइल्सले ल्यायो ‘सुजुकी इन्टुडर’


१६ फाल्गुन २०७४, बुधबार
sujuki

काठमाडौं, फागुन १५ : सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता भिजि अटोमोवाइल्सले ‘सुजुकी इन्टुडर’ सार्वजनिक गरेको छ। १ सय ५० सीसीको यो मोटरसाइकल सुजुकी इन्टुडर एम १८०० आरको नयाँ संस्करण हो।

sujuki

इन्टुडर एम १८०० आर स्टाइलको हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण र दोहोरो निस्काशन, सुविधाजनका क्रुज बाइकमा बस्ने पोजिसनको सुविधा रहेको कम्पनीको दावी छ। त्यस्तै यसमा चालकको सुरक्षाको लागि एबिएस (एन्टी लक ब्रेकिङ सिस्टम)  जडान गरिएको छ। सुजुकी इन्टुडर एसइपी (सुजुकी इको पर्फमेन्स) प्रविधी जडित छ।

suliki

कम्पनीले सुजुकी इन्टुडरको बजार मूल्य ३ लाख ९ हजार ९ सय निर्धारण गरेको छ। १४.५९ बिएचपी उच्च शक्तिको यस मोटरसाइकलले १४ एनएम टर्क उत्सर्जन गर्छ। ११ लिटर इन्धन क्षमताको इन्टुडरले ४४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। कालो र खैरो रङमा उपलब्ध यो मोटरसाइकलमा ५ गियर ट्रान्समिसन छ। यसको दुबै पांग्रामा डिक्सब्रेक रहेको छ।

कार्यक्रममा बोल्दै भिजी अटोमोवाइल्स प्रालीका प्रमुख कार्यकारी चिरन्जवी शाहले सुजुकी इन्टुडरलाई नेपालीहरुले निकै मनपराउने र विश्वास अझै धेरै प्रगढ हुँदै जाने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७