लेवान्डोस्कीको कीर्तिमान तर रोकियो बायर्न


३० श्रावण २०७८, शनिबार
Capture 6

काठमाडौं, ३० साउन । रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।

खेलको १० औं मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।

पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भलीमार्फत बायर्नलाई खेलमा फर्काए । दोस्रो हाफमा लेवान्डोस्की र स्टिन्डल दुवै आ–आफ्नो टोलीलाई जीत दिलाउने नजिक पुगेका थिए । लेवान्डोस्कीले बुन्डेस लिगाका पछिल्ला ११ खेलमा गोल गर्न सफल भएका छन् । यस क्रममा उनले १८ गोल गर्न सफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७