जन्म दिनमा निर्देशक सुदर्शन र मोडल सुप्रियाको ‘इन्गेज्मेन्ट’


२१ भाद्र २०७८, सोमबार
Sudarshan thapa marriage wVkckeiuXU

काठमाडौं, २१ भदौं । चलचित्र निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औंठी साटेका हुन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेका हुन् ।

लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनले ‘मधुमास, ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् । सुप्रियाले पनि म्युजिक भिडियो अभिनयपछि टेलिभिजनमा काम गर्न थालेकी हुन् । सुदर्शनले आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने बताइएको छ । सुदर्शन र सुप्रिया विगत एक बर्ष प्रेममा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७