अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


१० आश्विन २०७८, आईतवार
IPO

काठमाडौं, १० असोज । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार एक दिन बाँकी छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि ११ असोजमा बुक क्लोज गर्दैछ । जसअनुसार आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीले मात्र २४ असोजमा आयोजना हुने साधारणसभामा लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले लाभांश पारित गर्न २४ असोजबिहान ११ बजे साधारणसभा आह्वान गरेको छ । अरुण भ्यालीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७