एनआईसी एशिया बैंकले पायो आईएसओ २७००१ः २०१३ प्रमाणपत्र


१० मंसिर २०७८, शुक्रबार
n

काठमाडौं, १० मंसिर । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं ‘इन्टरनेसिनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आईएसओ) बाट मान्यता प्राप्त आईएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई ‘क्वालिटी अस्ट्रिया’सँग आबद्ध ‘सर्टिफिकेट एण्ड इन्फरमेसन सेक्युरिटी सर्भिस जीएमबीएच’ ले सो प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७