माधव नेपाल जत्तिको नैतिकवान र सादगी नेता देखेको छैन : मुख्यमन्त्री राई


२० मंसिर २०७८, सोमबार
Rajendra Rai 4

झापा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जस्तो सादगी र नैतिकवान नेता अरु नदेखेको बताएका छन् । अध्यक्ष नेपालले पटक पटक किस्तीमा दिइएको प्रधानमन्त्री छोडेको, पद त्यागेको बताए ।

झापामा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को भेलामा मुख्यमन्त्री राईले भने, ‘मैले नेपाली राजनीतिमा माधव नेपाल जत्तिको नैतिकवान् नेता देखेको छैन, ‘कति पटक उहाँले किस्तीमा दिइएको प्रधानमन्त्री छाड्नुभएको छ । एक पटक उहाँले खाँदाखाँदैको प्रधानमन्त्री छाड्नुभएको छ, उहाँ नैतिकता भएको नेता हो । उहाँ सादगी नेता हो ।’

माधव नेपालको अझै प्रधानमन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ । ‘धेरैचोटी उहाँले प्रधानमन्त्री छाड्नुभएको छ, अझै उहाँको सम्भावना धेरै छ,’ राईले भने ।

मैले नेपाली राजनीतिमा माधव नेपाल जत्तिको नैतिकवान् नेता देखेको छैन, ‘कति पटक उहाँले किस्तीमा दिइएको प्रधानमन्त्री छाड्नुभएको छ । एक पटक उहाँले खाँदाखाँदैको प्रधानमन्त्री छाड्नुभएको छ, उहाँ नैतिकता भएको नेता हो । उहाँ सादगी नेता हो : मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले दुईतिहाइको केपी शर्मा ओलीको तत्कालीन सरकारले खेल र खेलाडीमा कुनै परिवर्तन नल्याएको आरोप लगाए । भने, ‘जनताले मत दिएर दुईतिहाइको सरकार बनाएका थिए। त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओली थिए। ओली सरकारले खेल र खेलाडीमा खासै परिवर्तन नल्याउँदा देशको खेल क्षेत्र फस्टाउन नसकेको हो। यसको मुख्य दोषी ओली नै हुन् प्रधानमन्त्री ओली नै हुन्।’

कुर्सीमा बस्नेहरूले देशका लागि कुनै चिन्तन मनन नगरेको बरु आफूले मात्र लाभ लिने काम गरेको उनको आरोप छ। ‘हामी भन्थ्यौँ राणा र राजा शासनले देशको विकास गर्ने दिएन, राणापछि राजा शासन जनआन्दोलनबाट फालेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भयो,’ मुख्‍यमन्त्री राईले भने,‘ लोकतन्त्र र गणतन्त्र स्थापना हुँदा पनि देशमा केही परिवर्तन आएन, जो कुर्सीमा बस्यो उसले र उसको वरिपरि हुनेहरूको मात्र परिवर्तन भयो।’

देश सङ्घीय प्रणालीमा गए पनि त्यसको अभ्यास प्रदेश सरकारले गर्न नपाइरहेको बताउँदै उनले भने, ‘अधिकार र बजेट सबै केन्द्रीय सरकारको कब्जामा छ। बजेट र अधिकारबिना प्रदेश सरकारले यहाँका जनताका लागि कसरी काम गर्ने सक्छ?’

त्यसैले खेलकुदसँगै अन्य क्षेत्रको विकासका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनुपर्ने उनले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७