धितोपत्र बोर्डको अध्यक्ष छान्न फेरि नयाँ आवेदन खुला


१५ पुष २०७८, बिहीबार
dhito patra board 1

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न पुनः नयाँ आवेदन खुलेको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै पुस २९ गतेभित्र आवेदन दिन सकिने जानकारी दिएको हो ।

यसअघि गठित छनोट समितिको वैधतामाथि प्रश्न उठेपछि मन्त्रिपरिषद बैठकबाट नयाँ समिति गठन भएको हो । नयाँ छनौट समितिको नेतृत्व पनि योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले नै गरेका छन् ।

अर्थ सचिव मधु मरासीनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुषाल रहेका छन् । कात्तिक ७ गते गठन भएको पूर्व समितिले आव्हान गर्दा १२ जनाले आवेदन दिएका थिए । गत कात्तिक ११ गतेदेखि १५ दिनको समय दिएर आवेदन खुलाइएको थियो ।

त्यसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

dhitopatra x7UA04kxhP

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७