गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत उडान गर्ने


१७ पुष २०७८, शनिबार
Guna airlines1641020023

काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरु गर्न लागेको छ । सन् २०२२ को सुरुवातमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।

हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं-सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते)देखि १८ सिटे जहाजबाट उडान सुरुवात गर्न लागेको जानकारी दिए ।

काठमाडौं-सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं-सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए। बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौंबाट उडान भर्दै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७