महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा शैक्षिक सामाग्री प्रदान


५ माघ २०७८, बुधबार
Satobato

काठमाडौं, ५ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ’एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आइरहेको छ ।

सोहीकार्यलाई निरन्तरतादिदै यस बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको श्री चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्रीएवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।


विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उत्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिकाअध्यक्षश्री दिनेश अछामीले महालक्ष्मी विकास बैंक लि. ले गरेको सहयोग प्रति आभार प्रकट गर्नुका साथै यस किसीमको सहयोगले विद्यालयएवं बालबालिकाको शैक्षिक स्थरको बिकासमा टेवापुग्ने बताए ।
बालबालिकाहरु राष्ट्र निर्माणका आधारभएको बताउदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको कुरा जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने जनाए ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णलीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७