शेयर बजारमा १६ अंक बढीको गिरावट, चुनाव घोषणाले बढेन लगानीकर्ताको मनोबल


२५ माघ २०७८, मंगलवार
share market गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज (मङ्गलबार) १६ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १६ दशमलव तीन अङ्कले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अङ्कले बढेको छ ।

हिजो सोमवार सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि शेयर बजार बढ्ने विश्लेषकहरूले अनुमान गरेका थिए । तर चुनावको मिति घोषणाको उत्साह भने बजारमा देखिएको छैन । यद्यपि कारोबार संख्या र रकम भने गएको आइतवारको तुलनामा बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७