काठमाडौं ट्रिएनाले-२०७७ का आकर्षणहरू (फोटो फिचर)


१९ फाल्गुन २०७८, बिहीबार
Kathmandu Triennale art 1

काठमाडौं, १९ फागुन । ‘काठमाडौँ ट्रिएनाले २०७७’ को प्रत्यक्ष आयोजना फागुन १७ गतेदेखि शुरू हुने भएको छ ।

ट्रिएनालेको यो चौथो संस्करण हो । फाउन्डेशन र पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयको संयुक्त पहलमा यो कार्यक्रम आयोजना हुने गर्छ ।

महोत्सवमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, फोटोग्राफी, चलचित्रलगायत विविध स्वाद छ। ट्रिएनालेमा भिन्न विषयवस्तु समेट्नेगरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरू काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच स्थानमा प्रदर्शन गरिएको छ।

Kathmandu Triennale art 14

आगामी चैत १७ सम्म चल्ने प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ। नेपालको कला र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुवातको रूपमा कार्यक्रम आयोजना भएको फाउन्डेशनको दाबी छ।

सिद्धार्थ आर्ट्स फाउण्डेशनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौँ अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट शुरू भएको थियो । नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरू प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न थप अवसर मिल्ने थापाले बताएकी छिन् ।

काठमाडौं ट्रिएनाले २०७७’ नेपाल कला परिषदमा देखिएका केही तस्विरहरू हेर्नुहोस्।

Kathmandu Triennale art 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७