नबिल बैंकले सुरू गर्‍यो ‘नबिल एफडी कार्ड’ योजना


२४ फाल्गुन २०७८, मंगलवार
Artwork 1 MO1Dgawfs9

काठमाडौं, २४ फागुन । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ बैंकले जानकारी दिएको छ ।

एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो । । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ ।

प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्ने छन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइलफोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ । नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एक भन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प÷सुबिधा प्रदान गरेको छ ।

यस योजनाअन्तर्गत २ लाख प्रति कार्ड सिमातो किएको र मुद्धती निक्षेपको ८० प्रतिशत सम्मकार्ड सिमा प्राप्त गर्न सकिने बताइएको छ । यो मुद्धति निक्षेप९फिक्सड डिपोजिट० र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशत का दरले ब्याजसमेत आर्जन गर्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७