वेष्ट इन्डिजलाई हराउँदै अफगानिस्तान बन्यो च्याम्पियन


११ चैत्र २०७४, आईतवार
Afghanistan

काठमाडौं: विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेष्टइन्डिजलाई सात विकेटले हराउँदै अफगानिस्तान च्याम्पियन बनेको छ ।Afghanistan

वेष्ट इन्डिजले दिएको २०५ रनको विजयी लक्ष्य अफगानिस्तानले ४० ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । अफगानिस्तानका लागि मोहम्मद शहजादले सर्वाधिक ८४ रन बनाए । त्यस्तै रहमत शाहले ५१, गुलावदिन नैवले १४, समिउल्लाह शेनवारीले २० तथा मोहम्मद नाबीले २७ रन बनाए ।

वेष्ट इन्डिजले भने ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २०४ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि आर पावेलले सर्वाधिक ४४ रन बनाए । त्यस्तै एसओ हेटमेयरले ३८ रन बनाए । खराब फर्मबाट गुज्रिरहेका क्रिस गेल आज पनि १० रनमा आउट भए ।समूह चरणमा तीन खेल हारेको अफगानिस्तानले विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेष्ट इन्डिजलाई हराउँदै च्याम्पियन बनेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७