पुर्खाहरुको सम्झनामा मनाईयो हङकङमा ‘पूर्खा दिवस’ (फाेटाेफिचर)
हङकङ, चैत २२ । पूर्खाले गरेको योगदानलाई सम्झदैं गोर्खा सिमेट्रिज ट्रष्टले हङकङमा पूर्खा दिवस मनाएको छ । गोर्खा सिमेट्रिज ट्रष्टले हङकङमा पूर्खा दिवसको अवसरका एक कार्यक्रम गरि नेपाली एवं विभिन्न मूलका मानिसहरुको सहभागितामा पूर्खा दिवस मनाइएको हो ।
कार्यक्रममा गोर्खाहरुको योगदानको चर्चा गर्दै उनीहरुप्रति सम्मान प्रकट गरिएको छ । सो कार्यक्रममा सहभागी हुन चाहनेका लागि ट्रष्टले युनलोङबाट बसको व्यवस्था समेत गरेको थियो।
अप्रिल ५ तारिखमा विश्वभर छरिएर रहेका नेपालीहरुले आफ्ना पूर्खाहरुको सम्झनामा ‘पूर्खा दिवस’ मनाउने गरेका छन् । युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकको सम्झना तथा पूर्खाहरुको स्मृतिमा उनीहरुको चिहानघर भ्रमण गरिन्छ ।
कार्यक्रममा अस्थाई रुपमा निर्माण गरिएको स्तम्भमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।