प्रभु बैंकका ग्राहकलाई होटेल ग्रान्ड साम्बालामा छुट


२० श्रावण २०७९, शुक्रबार
Prabhu Bank 1

काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहकले मुक्तिनाथमा रहेको होटेल ग्रान्ड साम्बालामा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा छुट दिने सम्बन्धमा बैंक र होटेलबीच सम्झौता भएको हो ।

सम्झौतामा बैंकका जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटेल ग्रान्ड साम्बालाका प्रबन्ध निर्देशक नाम्ग्य वांग्दी गुरुङले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले मुक्तिनाथको होटेल ग्रान्ड साम्बालामा खाना, पेय पदार्थ तथा कोठामा १० प्रतिशत छुट प्राप्त हुने जनाइएको छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७