‘लाइगर’ फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या


६ आश्विन २०७९, बिहीबार
ananya panday 1577876713

मुम्बई । फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, ‘उदाउँदो सूर्यलाई जोकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् ।’ बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार शुरुवात गरेकी थिइन् ।

यो फिल्मसँगै अनन्याले साउथ सिनेमामा पाइला चालेकी थिइन् । फिल्मप्रति सबैको आशा थियो । यसको टिजर र ट्रेलरसँगै गीतलाई पनि दर्शकले मन पराएका थिए । तर जसै फिल्म थिएटर पुग्यो, फिल्मले दर्शकलाई खासै प्रभावित पारेन । जसकारण फिल्म बक्सअफिसमा पूणर् रुपमा असफल रह्यो ।

यो फिल्मको रिलिजअघि अनन्याको टलिउड डेब्यूमा जोकोहीको नजर थियो । उनलाई ‘लाइगर’ अघि धेरै फिल्मबाट अफर आएको थियो । उनलाई ‘एनटीआर ३०’ को पनि अफर थियो । तर उनले त्यसमा स्वीकृति जनाइनन् । फिल्म ‘लाइगर’ हिट हुने र त्यसपछि मोटो पारिश्रमिक लिएर अर्को फिल्ममा अभिनय गर्ने अनन्याको योजना थियो । उनी फिल्म हिट हुनासाथ चार करोड पारिश्रमिक माग्ने सोचाईमा थिइन् । तर उनले सोचे जस्तो वास्तविकतामा भएन ।

फिल्म पूणर् रुपमा बक्सअफिसमा असफल रह्यो । फिल्म फ्लप भएपछि अभिनेत्रीले पारिश्रमिकमा कुनै परिवर्तन गरेकी छैनन् । उनी नयाँ फिल्मका लागि २ करोड पारिश्रमिक लिने योजनामा छिन् । तर उनलाई अहिलेसम्म कुनै साउथ फिल्मबाट अफर आएको छैन ।

फिल्म निर्माताहरु अनन्याको अभिनयबाट खासै प्रभावित हुन सकेका छैनन् । यही कारण उनलाई कसैले पनि फिल्मको अफर गरेका छैनन् । उनलाई यसअघि अफर गरिएका फिल्मका निर्माताले उनको विकल्पमा अन्य अभिनेत्रीलाई खोज्न थालिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७