बैंकिङ कसुर मुद्दा फरार प्रतिवादी पक्राउ


३० आश्विन २०७९, आईतवार
70 Shares
310772350 2292813054223215 389913699236067893 n1665918611.jpg

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो भने २ महिना १५ दिन कैदको समेत तोकेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अदालतको उक्त फैसलापछि फरार हुँदै आएका उनलाई नक्सालबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७