घानालाई हराएपनि २० वर्षपछि समूहचरणबाट बाहिरियो उरुग्वे


१६ मंसिर २०७९, शुक्रबार
luish swaresh

काठमाडौँ । समूहको निर्णायक खेलमा घानालाई पराजित गरे पनि विश्वकप फुटबलबाट उरुग्वे बाहिरिएको छ। आफूले २–० को स्पष्ट जित हात पारेको उरुग्वे अर्को खेलको नतिजाका कारण समूह चरणबाटै बाहिरिनु परेको हो।

अंक बराबर भएपनि दक्षिण कोरियासँग गरेको गोल कम हुँदा उरुग्वे २० वर्षपछि समूह चरणबाटै बाहिरिएको हो। यसअघि २००२ को विश्वकपमा उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो। २००६ मा छनोट नभएको उरुग्वे त्यसपछिका लगातार विश्वकपमा नकआउटमा पुग्दै आएको थियो।

317367729 6690926207589836 6281633007544276070 n

शुक्रबार राति घानामाथि उरुग्वेले २–० को जित हात पारेको हो। तर दुवै टोली बाहिरिए। जसलाई उरुग्वेका गोलरक्षकले सुन्दर बचाउ गरे। त्यसपछि उरुग्वेले लगातार २ गोल गर्यो। खेलको २६ औं मिनेटमा पहिलो गोल गरेका जिवर्जीन आरासकाइटाले ३२ औं मिनेटमा दोस्रो गोल गरे। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा उरुग्वेले अन्तिम खेल जित्यो।
यसअघिको विश्वकपमा पोर्चुगललाई हराउँदै क्वार्टर फाइनलसम्म पुगेको उरुग्वे त्यसपटक त्यही पोर्चुगलसँग पराजित हुँदा बाहिरिनु परेको हो।

यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया उपविजेता बन्दै अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७