नव निर्वाचित राष्ट्रपति पौडेल निवासमा बढाइयो सुरक्षा, खट्यो सेना पनि


२५ फाल्गुन २०७९, बिहीबार
Baneshwa1678363759

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै रामचन्द्र पौडेलको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार साँझ राष्ट्रपतिमा निर्वाचित भएपछि प्रहरीले पौडेलको सुरक्षा बढाएको हो ।

उनको सुरक्षाका लागि बानेश्वरस्थित संसद् भवनमा ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको छ । आज भने उनी पूर्व सभामुखको हैसियतले पाएको गाडी चढेर निवास जानेछन् । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा सुरक्षा बढाइएको छ ।
बिहीबार राष्ट्रपतिमा निर्वाचन भएका पौडेल केही दिन काठमाडौंको बोहराटारस्थित निजी निवासमै बस्ने भएकाले त्यहीँ सुरक्षा थप गरिएको हो ।

निर्वाचन आयोगले बिहीबार अपरान्ह पौडेल निर्वाचित भएको घोषणा गरेको छ । त्यससँगै पौडेलको सुरक्षाका लागि नेपाली सेनाको टोली निर्वाचनस्थल संसद भवनमा पुगिसकेको छ । यस्तै गृहमन्त्रालयबाट अगुवा र पछुवासहितको टोलीपनि खटाइएको छ । तर पौडेलले सोमबार मात्रै राष्ट्रपतिको सपथ ग्रहण गर्नेछन् । राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष सपथग्रहण गर्नुपर्छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथग्रहण गराउने छन्। त्यससँगै पौडेललाई औपचारिक सुरक्षासहितको सुविधा उपलब्ध गराइनेछ । शपथग्रहणसँगै पौडेल शितल निवास प्रवेश गर्नेछन् । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन शीतल निवास छाड्ने र पौडेल प्रवेश गर्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७