उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम


२८ फाल्गुन २०७९, आईतवार
uparastrapati ko umerdwar final

काठमाडौं । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेका चार जनाकै उम्मेदवारी कायम भएको छ । फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारै जनाको उम्मेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी रहेको छ ।

राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावको साझा उम्मेदवार चयनमा भने असफल भएको छ । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ ।
एमाले उम्मेदवार शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन् ।

यस्तै, गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादवको प्रस्तावका अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७