चट्याङ लागेर दार्चुलामा एकको मृत्यु, दुई जना घाइते


२६ बैशाख २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सोमबार बेलुका साढे ६ बजेतिर सोही चट्याङमा परेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बेलुकातिर खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उक्त चट्याङमा सँगै काम गरिरहेका एकै घरका तीन जना घाइते भएका थिए । घाइते अवस्थामा गोकुलेश्वर अस्पतालमा पुर्‍याएपछि घाइते भएका १५ वर्षीय नरेश खत्रीलाई डाक्टरले मृत्त घोषणा गरेको उनले बताए ।

शैल्यशिखर नगरपालिका–३ दार्माका मृतक खत्रीसँगै खेतमा काम गरिरहेका उनकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री समान्य घाइते भएका छन् । उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७