पासाङदावा शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा, कामीरिताको कीर्तिमानसँग बराबरी


८ जेष्ठ २०८०, सोमबार
pasangdawa sherpa GR6ZF7XmkS

काठमाडौँ । पासाङदावा (पादवा) शेर्पाले २७ औं पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । आज (सोमबार) शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गरेको सर्भेयर खिमलाल गौतमले जानकारी दिए । उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुन् ।

योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण कीर्तिमान बराबरी भएको छ । कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगिसकेका छन् । पासाङदावा शेर्पाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७