सर्वोच्चले राष्ट्रपतिलाई माग्यो रिगलको कैद मिनाहा गर्नुपर्नाकाे कारण


१८ आश्विन २०८०, बिहीबार
Sarbochha
फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । आज (बिहीबार) न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीलाई आदेश दिएको हो ।

बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न आदेश गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उक्त रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको हो । रिगललाई संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए ।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

r
r1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७