प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने


३ पुष २०८०, मंगलवार
Prachanda 4 2 scaled
फाइल तस्वीर

काठमाडौं । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

त्यही अवसरमा प्रधानमन्त्री दाहालले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन् ।

दाहालले सोमबार मात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए । ‘एक वर्षपछि अर्को ढंगले काम गर्न चाहन्छु । प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढंगले काम गर्न लागेको छु,’ सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री दाहालले भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७